जनयुद्ध महान् थिएन, कुहिएको फर्सी थियो : प्रधानमन्त्री ओली

KP-Oli-1
  • 12K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित युवा संघको बृहत् कार्यकर्तामा प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो।’

विगतमा जातजातिमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्रयाउने प्रयास भए पनि असफल बनाइएको ओलीले दाबी गरे। उनले संसद्को निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन्। प्रधानमन्त्री ओलीले केही मान्छेले संसद् विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए।

‘संसद्को निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यति बेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन्।’ लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए। त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारे।

यस्तै ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरे। ‘न्यायालयमा एक पटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,’ उनको प्रश्न थियो, ‘एक जना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन्। के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?’

उनले अति जान्ने सुन्ने अजासु केही निस्किएर संवैधानिक इजलासले हुँदैन भनेका छन् भन्दै आक्रोश व्यक्त गरे। ‘कुन संविधानले भन्यो ?,’ उनले भने, ‘हण्डीबाट चलेका बिकाऊ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन। न्यायालयले संसद् पुनः स्थापना गर्दैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • जब सॐयाल बौलाउछ अनि सह पस्छ त्यसको बिनास निस्चित भ जस्तै ओलि प्रबृत्तिको बिनाश नेपालमा अनिबार्य भयो।किनकि पश्चिमी साम्राज्यवाद , भारतीय बिस्तारबाद र नेपालको सडेगलेको सामन्तबादको प्रतिनिधि भनेकै ओलि प्रबृत्ति हो। जसले महान परिबर्तनको सँबाहक जनयुद्धको धज्जि उडाउमे दुस्साहस गरदैछ।त्यो महान बलिदानले ओतप्रोत महानजनयुद्को जगले बनाएको प्र म त्यसकै उछितो काड्छ भने त्यो बहुला कुकुर भन्दा तल्लो स्तरको हो भन्ने नेपाली जनतालाई जानकातीछ हेक्ला रहोस जनताले हिसाब राख्नेछ ।इतिहासको कुडाकर्कौ बढार्ने आँधिबेहरि आउदैछ चेतना भया।

  • जनयुद्ध वास्तवमा महान भनिएपनी कुहिएको फर्सी नै बनए प्रचण्ड कमरेड आफैंले किनकि त्यो जुन उत्घोर्ष गरेर प्रारम्भ गरिएको थियोे त्यो लक्ष्यमा त पुगेननै अन्त्वतगत प्रचण्ड हरुको ब्यक्तिगत स्वार्थ पुरा गर्न बाहेक केही भएन जनयुद्ध मा आफ्नो जीवन बलिदान गरेका परिवार गुमाएका शरीर अंगभंग भएको शरीरमा गोलि बोकेका हरु प्रति कुनै काम भएन केवल प्रचण्डको छोरी बुहारी नातेदार लाई सामरिक महत्त्व को ठाउमा पुर्यए यस्तै पुर्ब जनयुद्ध कारी मध्ये का ठुलो भनौदा हरुको आफन्त लाई उपल्लो तहमा पुर्याउनु बाहेकको कुनै काम भएन त्यसैले यो वास्तवमै कुहिएको फर्सी नै भयो