चार पूर्वप्रधानन्यायाधीशहरुलाई ओलीको चेतावनी

KP-Sharma-Oli
  • 125
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक भएको चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका छन्। शनिबार आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलामा ओली‍ले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई नधक्याउन सचेत गराएका छन्।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि, अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्,’ उनले अगाडि भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न मिल्दैन सुहाउँदैन।’

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने? भन्दै सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट? भनेर प्रश्न गरेका छन्। ‘उहाँहरुले जे भन्यो, त्यहीँ हुनुपर्ने हो भने अदालत किन चाहियो?, ‘प्रधानमन्त्री ओलीले भने। आफूले कहिल्यै न्यायपालिकाविरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेकोसमेत उनले स्मरण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्