संविधानको अपव्याख्या गर्दै ओलीले निर्वाचनको नाटक गरेका छन् : मिनेन्द्र रिजाल

minendra-rijal01
  • 37
    Shares
लोकपाटी न्यूज

चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस नजाने बताएका छन्। नेपाली कांग्रेस चितवनले शनिबार रत्ननगरमा आयोजना गरेको विरोध सभामा बोल्दै रिजालले यस्तो बताएका हुन्।

नेता रिजालले प्रधानमन्त्री केपी ओलीले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेको आरोप लगाए। संविधानको अपव्याख्या गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको नाटक गरेको नेता रिजालले आरोप लगाए। उनले निर्वाचन गराउनकै लागि मिति तोकिएको भए पार्टी किन फुटाए भन्दै प्रश्न समेत गरे।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको उनले बताए।प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले निरन्तर विरोध गरिरहने बताए। प्रधानमन्त्री हुँदादेखि नै ओलीले संविधानको खिलाप काम गरेको उनले बताए।

नेता रिजालले ओली हिटलरभन्दा पनि खतरनाक रहेको भन्दै हिटलरलाई जनताले जसरी खेदेका थिए त्यसरी नै ओलीलाई पनि सडकबाटै जनताले ठेगान लगाउने उनले दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्