काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको मुम्बईबाट फर्किएका छन्। मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए।
मुम्बईमा सीता दाहालको उपचार प्रक्रिया सुरू भएपछि प्रचण्ड आजै दिउँसो ४ बजे काठमाडौं आइपुगेका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।