कुनै हालतमा निर्वाचन हुँदैन, ओली सत्ता लम्ब्याउने खेलमा छन् : देवेन्द्र पौडेल

Devendra Poudel
  • 283
    Shares
लोकपाटी न्यूज

वीरगंज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी फुट्नु र अहिलेको अवस्थामा ल्याउने जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओलीनै भएको आरोप लगाएका छन्।

प्रचण्ड-पाल पक्षको नेकपा वीरगंज महानगर कमिटीद्वारा शनिबार वीरगंजस्थित नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी फुट्नु र अहिलेको अवस्थामा ल्याउने जिम्मेवार व्यक्ति ओलीनै भएको आरोप लगाएका हुन्।

प्रचण्ड-नेपाल समूहको नेकपा वीरगंज महानगर कमिटीद्वारा आज वीरगंजस्थित नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आत्मआलोचना गरी प्रतिगमन सच्याएर आएमा ओलीलाई गरिएको कारबाही फिर्ता लिइने नेता पौडेलले बताए।

नेता पौडेलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय नमान्ने र तानाशाही रुपमा अगाडि बढ्ने अधिकार ओलीलाई कसले दियो भन्ने प्रश्न गर्दै शुक्रवार धनगढीमा आयोजित आमसभामा ओलीले जनतालाई दिगभ्रमित गर्न खोजेको आरोप लगाए।

उनले प्रचण्ड-नेपाललाई भगौडा नेता भन्ने नेता ओली आफै भगौडा भएको दावी गरे। उनले कुनै हालतमा निर्वाचन हुन नसक्ने र ओली सरकार सत्ता लम्ब्याउने खेलमा रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्