धनगढीमा केपी ओली समूहले गरेको सभा पञ्चभेला जस्तै : झलनाथ खनाल

Jhalanath_Khanal
  • 79
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको बताएका छन्।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल पक्षको सम्पर्क समन्वय कमिटीद्धारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको भएका हुन्।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालको खनालको भनाइ थियो।

कहिलेकाहीँ पार्टीको गल्तीका कारण तानाशाहहरू जन्मिने गरेको र त्यसको विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको नेता खनालले बताए। वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा केपी ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्