आयल निगम र काठमाडौं विश्व विद्यालयबीच सहकार्य गर्ने समझदारी

  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगम र काठमाडौं विश्व विद्यालयबीच प्रविधिको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। शुक्रबार काठमाडौंमा निगम र विश्व विद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तार गर्न सेवालाई अत्याधुनिक प्रविधि युक्त बनाउन उक्त विश्व विद्यालयसँग सहकार्य गर्ने समझदारी भएको आयल निगमका प्रवक्ता विनीत मणी उपाध्यायले बताए।

नेपाल आयल निगमलाई प्रविधि मैत्री बनाउनले नीति अनुरूप सहकार्य हुन लागेको उनले बताए। यो समझदारी पछि निगमलाई प्रविधि मैत्री र सबल संस्थाको रूपमा रूपान्तरण गर्न सहज हुने निगमको विश्वास छ।

पछिल्लो समय नेपाल आयल निगम आफ्ना सेवाहरूमा प्रभावकारिता ल्याउन प्रविधि मैत्री तथा अत्याधुनिक पूर्वाधारहरू निर्माणमा निरन्तर लागि परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्