६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन

09indonesia-plane-jumbo_xcHEcdZqES
  • 18
    Shares
लोकपाटी न्यूज

एजेन्सी। इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ। बीबीसीका अनुसार राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको हो।

यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो। जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो। केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ।

माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन्। जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन्। सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्