सामान्य नाराबाजी भएकाे हाे, ‘मन्त्री अर्यालबारे अनर्गल प्रचार नगरौं’

Padma-Aryal
  • 19
    Shares
लोकपाटी न्यूज

स्याङ्जा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रेले कृषि मन्त्री पद्मा कुमारी अर्यालबारे अनर्गल प्रचार नगर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन्।

शनिबार नगर कमिटी अध्यक्ष डुम्रेले एक विज्ञप्ति जारी गर्दै कृषिमन्त्री अर्याल स्याङ्जाको वालिङ सिटी हलमा आयोजना गरिएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा जाने क्रममा नेपाली कांग्रेसको प्रदेश स्तरीय विरोध कार्यक्रम स्थलबाट लगाइएको नारालाई बढाइ चढाई गरी अनावश्यक समाचार प्रसारण गरिएको भन्दै आपत्ति जनाएका हुन्।

अनावश्यक झुटा कुराले जनतालाई भ्रमित नपार्न समेत विज्ञप्तिमार्फत् आग्रह गरिएको छ। साथै, नेकपा ओली समूहको शनिबार आयोजना गरिएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। कृषि मन्त्री अर्यालको प्रमुख आतिथ्यतामा नौ सयभन्दा बढी कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

137317768_242066660864985_7100892015041444544_n (1)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्