काठमाडौं। राष्ट्रिय सभाको बैठक आइतबार बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन्। ओलीले पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत् सम्बोधन गर्ने तयारी रहेको छ।
आजको बैठकमा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।