बाँकेमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

corona-death
  • 15
    Shares
लोकपाटी न्यूज

नेपालगन्ज। बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको हो। जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार रोल्पा र दाङका एक–एक महिलाको कोरोना मृत्यु भएको हो।

रोल्पा, लिवाङकी ४२ वर्षीया र दाङको बबईकी ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ। रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा आइतबार बिहान मृत्यु भएको हो।

त्यस्तै दाङकी महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। उनको आइतबार बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्