नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर भएको एक रिपोर्टले जनाएको छ । हेनली पासपोर्ट इन्डेक्सले जारी गरेको सूची अनुसार नेपालको पासपोर्ट विश्वमै छैटौ कमजोर पनि हो । सूची अनुसार १०९ औं स्थानसम्म निर्धारण गरिएकोमा नेपाल लिबिया र प्यालेस्टाइन सहित १०४ औं स्थानमा परेको छ उत्तर कोरिया १०३औं स्थानमा रहेको छ ।
नेपालको पासपोर्ट बोकेर अन–अराइभल भिषाका आधारमा ३८ मुलुकमा आवत–जावत गर्न पाइन्छ भने उत्तर कोरियाको पासपोर्टबाट ३९ मुलुकमम अन–अराइभल भिषाका आधारमा आवत–जावत गर्न पाइन्छ । सबै भन्दा कमजोर अफगानिस्तान रहेको छ । अफगानिस्तानको पासपोर्ट बोकेर जम्मा २६ मुलुकमा मात्रै अन–अराइभल भिषाका आधारमा आवत–जावत गर्न पाइन्छ ।
जापानको पासपोर्ट विश्वकै शक्तिशाली छ । जापानको पासपोर्ट बोकेर अन–अराइभल भिषाका आधारमा १९१ मुलुक घुमफिर गर्न पाइन्छ । त्यसपछि सिंगापुरको रहेको छ । यसको पासपोर्टबाट १९० मुलुक घुम्न पाइन्छ । यस वर्ष कोरोना महामारीका कराण अमेरिका बढी प्रभावित भएकाले अमेरिकी पासपोर्ट कमजोर भएको छ । अमेरिकी पासपोर्ट सातौ सबल देखिएको छ । यो मुलुककको पासपोर्टबाट १८५ मुलुक घुम्न पाइन्छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार उत्तर कोरिया र सुडान १०० औं स्थानमा रहँदा नेपाल १०१ औँ स्थानमा परेको हो।
पासपोर्ट ईन्डेक्सले फ्री(भिसा र अन अराइभल भिसाको आधारमा यो सूची बनाएको हो। यो सूची अनुसार नेपालको पासपोर्टले जम्मा ३८ देशमा मात्रै फ्री–भिसा र अन अराइभल भिसा पाउन सकिने व्यवस्था रहेको छ। नेपालसँगै खराब सूचीमा प्यालेष्टाइन पनि समेटिएको छ।
दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको छ। सूचीको अन्तिममा अफगानिस्तान रहेको छ। दक्षिण एसियाको भारत ८५ औँ स्थानमा छ भने विश्वकै शक्तिशाली दौडमा रहेको चीन ७० औँ स्थानमा अटाएको छ।
विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जापानको पासपोर्ट दरिएको छ। जापानको पासपोर्टबाट १ सय ९१ देशमा फ्री–भिसा र अन अराइभल भिसा सजिलै लिन सकिन्छ।
शक्तिशाली पासपोर्ट भएका देश
१. जापान
२. सिंगापुर
३. दक्षिण कोरिया, जर्मनी
४. इटाली, फिनल्याण्ड
५. स्पेन, लक्जमबर्ग, डेनमार्क
सबैभन्दा खराब पासपोर्ट भएका देश
१००. उत्तर कोरिया, सुडान
१०१. नेपाल, प्यालेस्टाइनी क्षेत्र
१०२. लिबिया
१०३. यमन
१०४. सोमालिया, पाकिस्तान
१०५. सिरिया
१०६. इराक
१०७. अफगानिस्तान