दुई वाणिज्य बैंकसहित पाँच कम्पनीको साधारणसभा आज

  • 82
    Shares
लाेकपाटी न्यूज

दुई वाणिज्य बैंक सहित ५ वटा कम्पनीले आज पुस २५ गते आइतबार साधारणसभा गर्दैछन्। प्रधु बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी विकास बैंक, वरुण हाइड्रो र सिभिल क्यापिटलले आज साधारणसभा सम्पन्न गर्ने भएका हुन्। प्रभु बैंकको १९ औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैंकले सभामा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागि हुने व्यवस्था मिलाएको छ। सभाले गत वर्षको कमाइबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगदलाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

त्यस्तै नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारण सभा साढे ११ बजेदेखि सुरु हुनेछ। कोभिड १९ जोखिमका कारण सभामा अनलाइन (जुम क्लाउड मिटिङ्ग) को माध्यमबाट सहभागि हुन सक्ने गरी शेयरधनीहरुलाई मिटिङ्ग आईडी र पासवर्ड उपलब्ध गराउन तथा बैंकको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ। सभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २।४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारण सभाले शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ भने बरुण हाइड्रोपावरको सभाले ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्