मुक्तिनाथ विकास बैंकको लाभांश पारित

  • 14
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित १५.५०७४ प्रतिशत लाभांश पारित भएको छ । पुस २५ गते सम्पन्न विकास बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

विकास बैंकको चौधौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको हो । बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्