प्रचण्ड–माधव पक्षले बोलायो सचिवालय बैठक

Prachanda_Madhab
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिए। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए।

पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष प्रचण्ड फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। ओली समूहले प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्यक्रम गरिरहेको छ।

प्रचण्ड–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ। उता, ओली समूहले भने श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइ प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउँदै केन्द्रीय समिति विस्तार गरेको छ। दुवै समूहले आफू नै आधिकारिक नेकपा भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्