प्रधानमन्त्री पद कसैले दिएको दान होइन, छाड् भन्दैमा छाड्ने ? : ओली

KP_Oli_PM
  • 56
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले सुम्पिएको प्रधानमन्त्री पद कसैले छाड् भन्दैमा छाड्ने विषय नभएको बताएका छन्।
आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पद कसैले दिएको दान नभएको बताएका हुन्।

ओलीले जनताले मनोनित गरेर पठाएकाले स्थिरता नचाहने शक्ति कसैलाई प्रधानमन्त्री पद दिन या छाड्न नसकिने बताए। आफूले कर्तव्यबोधका साथ मध्यावधि चुनाव घोषणा गरेको दाबी गर्दै उनले प्रधानमन्त्री बन्नका लागि चुनाव लडेर आउन चुनौती दिए।
प्रतिनिधिसभा बिघटन आफ्नो वाध्यता भएको उनले बताए।