मैले जति राम्रो काम संसारकाे कुनै प्रधानमन्त्रीले गरेका छैनन्

kp-sharma-oli
  • 1.8K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कहिल्यै नभएको विकास निर्माणको काम अहिले भएको दावी गरेका छन्।
उनले आफू नेतृत्वको सरकारले नेपालमा अहिलेसम्म कसैले नगरेको विकास निर्माणको काम आफूले गरेको दावी गरे।

आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा अभूतपूर्व काम भएको बताए। उनले दोधारा–चाँदनीमा पानी दिने, शारदा बाँध र पञ्चेश्वर सम्झौताबारे हालै भारतमा भएको सहमति देशका लागि ऐतिहासिक भएको दाबी समेत गरे। ओलीले अहिलेको सरकारले इतिहासमा ‘रेकर्ड’ कायम राख्ने धेरै काम गरेको दाबी गरे।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको रानीपोखरी यसपाली आफ्नै नेतृत्वको सरकारले निर्माण पूरा गरेको ओलीले बताए। उनले कालापानी लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा कागजमा मात्रै होइन व्यवहारमा नेपालकै बनाउने पनि दाबी गरे।

ओलीले विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यमको चर्को आलोचना गरे। उनले सञ्चारमाध्यमहरुले आफूले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आक्रोश पोखे।

ओलीले सञ्चारमाध्यममात्रै होइन बुद्धिजिवीहरुको पनि आलोचना गर्दै भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ। र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ ।’

उनले ताजा जनादेशमा गएर देशलाई स्थिरता र लोकतातन्त्रिक विधि पद्धतिलाई अगाडि बढाउने प्रयासस्वरुप संसद विघटन गर्नुपरेको बताए।