काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । नेपाल बैंंकले पुस १९ गते र राष्ट्रिय वाणिज्य बैंकले पुस १२ गते ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको छ । जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, नेपाल बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८७ सम्मका लागि ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो ।३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि र २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।