काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गरे। उनले सम्बोधन गर्दा प्रतिनिधिसभा विघटनदेखि विभिन्न विषयमा आफ्ना भनाई राखेका थिए।
पार्टीमा देखिएको विवाद, पूर्वन्यायाधीशरुको विज्ञप्ति, प्रतिनिधिसभा विघटनको विषयमा बोल्दै गर्दा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा थुके।
प्रधानमन्त्री ओलीले भाषणको बीचमा रोस्ट्रममा नै माइकबाट यसो छेउ लगाएर थुकेपछि यसको आलोचना सुरु भएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा रोष्टमबाट थुकेको विषयलाई अशिष्ट भन्दै सामाजिक संजाल र मिडियामा आलोचना शुरु भएको हो।
राष्ट्रिय सभाको यो अधिवेशन आजैबाट सरकारको सिफारिशमा राष्ट्रपतिले अन्त्य गरेकी छन्।