युवा क्रिकेटर सिंहको निधन

kundan_singh_I8uG7AZnQL
  • 20
    Shares
लोकपाटी न्यूज

महोत्तरी। आइतबार राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहको निधन भएको छ। सिंहको २४ वर्षको उमेरमा निधन भएको हो।  दुवै मिर्गौला खराब भएर लामो समयदेखि उपचाररत महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गौला फेर्न सकेका थिएनन्।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेको अगुवाइमा जनकपुरमा ’कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनको उपचारमा सहयोग गरिँदै आएको थियो। नेपाल क्रिकेट सङ्घ ९क्यान० ले कुन्दनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्