प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूद्वारा धनगढीमा बयलगाडा प्रदर्शन

dhangadi bayelgada
  • 52
    Shares
लोकपाटी न्यूज

धनगढी। धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ।नेकपा प्रचण्ड–नेपाल पक्ष निकटको अनेरास्ववियू कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगार्डा याली निकालेको हो।

उनीहरुले प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै बयलगाडा प्रदर्शन गरेका हुन्।

कोणसभामा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउँदै गर्दा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेका थिए।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियूले आज देशका विभिन्न जिल्लामा बयलगाडा प्रदर्शन गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्