पेरिसडाडाँमा नेकपा सचिवालय बैठक जारी

Prachanda_Nepal
  • 232
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाडाँमा नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ। बैठक दिउँसो सवा तीन बजे देखि सुरु भएको हो।

यसअघि प्रचण्ड-नेपाल पक्षले अनौपचारिक सविवालय बैठक बोलाएपनि पहिलो पटक आइतबार औपचारिक सचिवालय बैठक बोलाएको हो। यसअघि स्थायी कमिटी बैठकमै छलफल भएको एजेण्डामा सचिवालय बैठकमा छलफल हुने बताएको छ।

यसअघि ओली र प्रचण्ड-नेपाल पक्षले छुट्टाछुट्टै पुस ७ र ९ गते केन्द्रीय कमिटी बैठक बसेका थिए। त्यसलगत्तै माधव नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो। प्रचण्ड-नेपाल पक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति गरेका छन्। नेपालपछि प्रचण्डले बैठकको अध्यक्षता गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्