२४ घण्टामा ५१३ कोरोना संक्रमित डिस्चार्ज, मृत्यु हुनेको संख्या कति ?

corona niko
फाइल तस्वीर
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५८ हजार ४४१ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्