विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन्। आइतबार अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन्।
उनले पार्टीको आन्दोलनमा डरलाग्दो अवसरवाद विकास भएको बताइन्। आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्नेमा उनले जोड दिइन्। उनले केपी शर्मा ओलीले पूर्वएमाले एक ठाउँमा हुने भन्दै आन्दोलनलाई बिसर्जन गर्न खोजेको आरोप लगाइन्।