चोरीको मोटरसाईकल चलाउने खड्का पक्राउ

hatkadi-pakrau
  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ। पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले स्रोहखुट्टेबाट बालाजुतर्फ गईरहेको प्रदेश ३-०२-०१५ प १७७३ नम्वर कालो रातो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामाबालाजु, बसन्तनगरबाट पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।

पक्राउ पर्नेमा जिल्ला धादिङ्ग गल्छी गाउँपालिका वडा नं. ७ मछेडीखोला बस्ने वर्ष २२ को भिमसेन खड्का रहेको महाशाखाले जनाएको छ। अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२,०१४प ०३३९ खुल्न आएको छ।

उक्त नम्वरको मोटरसाईकल सिपाडोल भक्तपुरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि जिल्ला खोटाङ दिकतेल १५ बस्ने चित्र बहादुर खत्रीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा मोटरसाईकल र चोरी गर्ने युवालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती, भक्तपुर, पठाईएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्