पूर्वजनमुक्ति सेनाको भेला माघ ८ गतेलाई सर्‍यो

PLA Nepal logo
  • 703
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको पूर्वजनमुक्ति सेनाको भेला तथा प्रशिक्षण स्थगित गरेको छ। सोमबारका लागि तोकिएको भेला माघ ८ गतेका लागि सारिएको पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर सुनिता गौतमले जानकारी दिइन्।

गौतमका अनुसार पार्टी कामको चापका कारण सोमबारको भेला २ हप्ताका लागि सारिएको हो। नेकपाले पार्टी एकता भएपछि आयोजना गरिएको यो पहिलो भेला थियो। भेलालाई थप व्यवस्थित २ हप्ताको समय लिइएको पूर्वजनमुक्ति सेनाले जानकारी दिएको छ।

भेलालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो। पूर्वजनमुक्ति सेनाको गौरवमय इतिहासको स्मरण र आन्दोलनको मोर्चामा नयाँ जिम्मेवारीवोधका लागि भेलाको आयोजना गरिएको छ।

पूर्वजनुमक्ति सेना नेपालले माघ ८ गतेको भेलामा अनिवार्य उपस्थित हुन जनमुक्ति सेनाका योद्धाहरुलाई आग्रह गरेको छ। भेला पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने आयाेजकले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्