पृथ्वीनारायण शाहसँग जोडेर पर्यटन प्रवद्र्धनको लागि समिति गठन गर्ने तयारी

p-n-s
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रवद्र्धन गर्न विकास समिति गठन गर्ने भएको छ। गठन आदेशमार्फत् विकास समिति गठन प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिए।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको विचार गोष्ठीमा मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताए।

सरकारले पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने मन्त्री ढकालले बताए। उनले पृथ्वीनारायण शाहको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियन्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे।