सरकारद्वारा सिनेमा हल खोल्ने निर्णय

film hall
  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले सिनेमा हल खोल्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो।
गत चैत ७ गतेबाट बन्द रहेका सिनेमा घर खोल्ने सरकारले निर्णय गरेको हो।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। चैतदेखि सिनेमा हल बन्द हुँदा चलचित्र घरहरुले मात्रै करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको थियो। नेपालभर करिब २०० सिनेमा घर छन्। निर्माता संघका अनुसार एक अर्ब लगानीका चलचित्र निर्माण सम्पन्न भएर बसेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्