ओलीले पूर्वप्रधानन्यायाधीशलाई धम्क्याएकोप्रति प्रचण्ड-नेपालको भत्सर्ना

Prachanda_Nepal
  • 714
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले ओलीले अदालतप्रति दिइरहेका टिप्पणीको भत्सर्ना गरेको छ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिनिधिसभा विघटनबारे संविधानमा के व्यवस्था छ भन्नेबारे पूर्व प्रधानन्यायाधीशहरुले दिएको अभिव्यक्तिलाई लिएर धम्क्याउने कार्यप्रति भत्सर्ना गर्छौं।’ बैठक पछिल्लो समय ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरिरकोले त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय समेत गरेको छ।

चारजना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको ठहर गर्दै बैठकले त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढीरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रूपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नभएको स्पष्ट पारेका छन्। पत्नी सीताको उपचारका लागि भारत गएका प्रचण्ड शनिबार मात्रै फर्किएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्