काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जुम्लाले सहसंयोजक भरत नेपालीलाई कारबाही गरेको छ। अनेरास्ववियू जुम्लाले आज एक विज्ञप्ति जारी गरेर नेपालीलाई अनुशासनको कारबाही गरेको जनाएको छ।
उनले संगठनको विधान विपरीत अनेक गुट परस्त र फुट परस्त गतिविधि गरेकोले आरोप छ। उनका गतिविधि सङ्गठनको विधान र प्रतिवेदनको बर्खिलापमा रहेको अनेरास्ववियू जुम्लाको ठहर छ। नेपालीको गतिविधिबारे पटक पटक खबरदारी गर्दा समेत नमानेपछि कारबाही गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो पदीय जिम्मेवारीलाई बिर्सेर अमर्यादित, असामाजिक शब्द प्रयोग गरेकाले अनेरास्ववियूको अन्तरिम विधान अनुसार नेपालीलाई सङ्गठनको साधारण सदस्य समेत नरहने गरी गरबाहि गरिएको विज्ञप्तिमा भनिएको छ।