ओलीको आमसभामा अधिकांश राजावादी

KP_Oli_PM
  • 2.6K
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली मुख्य वक्ता रहेको धनगढीमा आयोजित सभामा व्यापक रूपमा राजाबादीको उपस्थिति रहेको पाइएको छ।

पत्रकार कुसुम भट्टराईका अनुसार ओलीले संबोधन गर्ने आम सभामा व्यापक मात्रामा राजाबादीहरूको सहभागीता रहेको थियो । आम सभामा स्पष्ट चिनिएका राजाबादीमात्र होइन, राप्रपा, विप्लव समूहदेखि चुनावका पक्षमा रहेका काँग्रेसीहरु पनि सहभागी बनेका उनले लेखेका छन् ।

यस्तै अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले सामाजिक सन्जालमा लेख्छन् ुपूर्व राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछी नागरिक अभिनन्दनका नाममा देश दौडाहमा निस्केका थिए । उनको अभिनन्दनमा हजारौं हैन लाखौं जनता नआएका हैनन् तर अन्ततस उनले जनताको नाशो जनतालाई नै फिर्ता दिन बाध्य भए।

उनले अझै थपेका छन् ‘तामझामका उखानटुक्का साथ देश दौडाह गर्नुहोस प्रधानमन्त्री ज्यू, बाजागाजा, झाँकी प्रर्दशन सबै हेर्नुहोस्। आफ्ना समुहका अभिनन्दन ग्रहण जति गर्नु छ गर्नुहोस्। तर जनताको नाशो जनतालाई फिर्ता गर्नु पर्ने त्यो दिन धेरै टाढा छैन है!’

स्रोतका अनुसार धनगढी आमसभामा भेला भएका मानिसभन्दा तिन दोब्बर बढी मानिस पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दनमा भेला भएका थिए । शुक्रबार भएको आम सभामा उपस्थित केही नेकपाका नेताहरूले नै राजा ज्ञानेन्द्रको जत्ति पनि लोकप्रियता नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्