भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

Electricity-authority-nepal
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विद्युत आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत् आह्वान गरेको टेन्डरमा नेपाल विद्युत प्राधिकरण पनि सहभागी भएको छ। विद्युत नियमन आयोगले गत सोमबार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो। त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो।

प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म ९४ महिना० २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए।

हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ)  मा भारतीय विद्युत् किन्दै आएको छ। टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए।

‘त्यसमा प्रसारण लाइनलगायतका लागत पनि जोडिन्छ। तर, सोही दरलाई नै आधार मूल्य बनाएर एनभीभीएनमार्फत प्रस्ताव पेश गरिएको छ,’ उनले भने। टेन्डरमा खुल्ला प्रतिस्पर्धाबाट विद्युत्को दर टुंगो लाग्ने उनको भनाइ छ। टेन्डरमा पेश गर्ने आज (सोमवार) अन्तिम दिन रहेको थियो। प्राधिकरणले त्यसअगावै टेन्डरमा प्रस्ताव पेश गरेको हो। आर्थिक अभियान दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्