नेता बस्नेतले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

yadab basnet
  • 56
    Shares
लोकपाटी न्यूज

गोरखा। नेकपा गोरखाका नेता यादव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली समूहले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको बताउँदै बस्नेतले केन्द्रीय सदस्य अस्वीकार गरेको बताए।

आइतबार गोरखामा पत्रकार सम्मेलन गरी बस्नेतले आफू केन्द्रीय सदस्यमा नबस्ने बताए। ‘म नेकपाको केन्द्रीय सदस्य होइन। जिल्ला सदस्य र कार्यालय सदस्य पदमा मात्रै छु,’ उनले भने।बस्नेत नेकपा उपाध्यक्ष वामदेव गौतम निकट छन्। उनले गौतमले थालनी गरेको पार्टी एकता अभियानमा आफू पनि होमिने बताए।

गौतमले नेकपा मिलाउन आफूले संगठन नै बनाएर काम गर्ने बताए। नेकपा ओली समूहको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत पुस ७ गते केन्द्रीय समिति विस्तार गरी एक हजार एक सय ९९ सदस्यीय बनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्