चितवनका यी २ स्थानीय तहमा शिक्षक दरबन्दी कटौती

Teacher
लोकपाटी न्यूज
0 Shares

चितवन। चितवन जिल्लामा रहेका २ स्थानीय तहमा शिक्षकको दरबन्दी कटौती गरिएको छ। शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो।

कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो। कटौती गरिएका दरबन्दीहरू कालिका र राप्ती नगरपालिकामा पठाइएको छ।  इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ।

सुवेदीका अनुसार विद्यार्थी संख्याका आधारमा २ नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो। इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ।

पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका ६ शिक्षकलाई इच्छाकामना पठाइएको छ। यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरू रहेका छन्। दरबन्दी मिलान गरी पठाइएका शिक्षकलाई पालिकाले व्यवस्थापन गर्नेछ। माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैंले आन्तरिक मिलान गरेका छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्