ओलीले जारी गरेको १० बुँदे अन्तरपार्टी निर्देशनमा के छ ? (पूर्णपाठ)

KP Sharma Oli-33
  • 73
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। नेकपा ओली समूहले निकालेको विज्ञप्तिमा पुस ७, ८ र ९ गते बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको हो।

अन्तरपार्टी निर्देशन भनेर जारी गरिएको विज्ञप्तिमा ओली समूहले प्रतिनिधि सभा विघटन गर्नुको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाएको छ। प्रचण्डले लगातार प्रधानमन्त्री ओलीको राजीनामा माग्‍नुका साथै सांसदको फर्जी हस्ताक्षर लिएर अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेपछि बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नु परेको उल्‍लेख गरेका छन्।

‘यस परिस्थिति निर्माणका लागि प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनशाय मुख्य रुपमा जिम्मेवार छ,’ उनले अन्तपार्टी निर्देशन-६ मा भनेका छन्, ‘पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरूमा अन्तर्निहित अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ। राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने स्वार्थी चिन्तनले यसमा काम गरेको छ।’

प्रचण्ड र माधव नेपालले लगातार घेराबन्दी गरेपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी ओलीको छ। प्रचण्डले कहिले मुलुकबाहिर गएर सरकार लामो समय जाँदैन भन्ने सन्देश दिने, कहिले माधव नेपालले संसदमा देश डुब्न लाग्यो भन्दै प्रतिपक्षलाई उछिनेर सरकारको विरोधमा उत्रिने अस्थिरताका गतिविधिहरूमा सक्रिय भएको चर्चासमेत गरेका छन्। आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा बहन गर्ने गरी पार्टीलाई सामाजिक-आर्थिक रुपान्तरणको संवाहक बनाउन छाडेर पार्टी संयन्त्रलाई सरकारकै विरोधमा दुरुपयोग गर्ने दुस्प्रयास नै यो परिस्थितिको कारक रहेको उनको ठहर छ।

‘सरकारको सकारात्मक कामहरूको प्रचार नगर्ने, सरकारको प्रतिरक्षा नगर्ने, जनप्रतिनिधिहरूलाई सही मार्गदर्शन नगर्ने यस्ता गतिविधिले पार्टीमा क्रमशः अन्तरविरोधहरू सुरु हुँदै ती झ्याँगिन पुगे। समस्या समाधानका लागि विभिन्न समयमा विभिन्न प्रयासहरू गरिए पनि ती दिगो हुन सकेनन्। यस सन्दर्भमा २०७६ मङ्सिर ४ गते केन्द्रीय सचिवालयबाट गरिएको दुई अध्यक्षको कार्यविभाजन र सरकार पाँच वर्ष चल्ने गरी गरिएको सहमति उल्लेखनीय छ। तर कामहरू त्यस अनुरुप अगाडि बढेनन्,’ ओलीले भनेका छन्।

नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावले संघीयताप्रति जनताको विश्वास टुट्ने र संघीयता विरोधीलाई उत्साहित पार्ने काम गर्ने चिन्ता पनि अपानिमा व्यक्त गरिएको छ। ‘यस्ता गलत क्रियाकलापहरूको विरोध गर्दै प्रदेशहरूको विशिष्ट परिस्थितिअनुरुप प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसंग आवश्यकताअनुसार समन्वय, परामर्श र सहयोग आदान प्रदान गर्ने। आवश्यकता अनुसार पार्टी केन्द्रमा परामर्श लिने,’ पुस २२ मा पठाइएको अपानिमा उल्लेख छ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण तथा आगामी चुनाव सम्पन्‍न पार्न ओलीले सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोक्‍नुका साथै केन्द्रीय कमिटी विस्तार गरेर १५ सय पुर्‍याएका छन्। ओलीले मनोनित गरेका सदस्यलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि ओली समूहको केन्द्रीय कमिटी संख्या १ हजार ५ सय १ पुगेको हो। ओलीले बैशाख १७ र २७ गते हुने चुनाव सफल पार्नका लागि कार्यकर्तालाई तयारी थाल्न निर्देशन समेत दिएका छन्।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्