एभरेष्ट र हिमालयन बैंकको साधारण सभा आज, यस्ता छन् एजेन्डाहरु

  • 23
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज सोमबार (पुस २७ गते)  बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा सभामा बैंकले ५५ बोनस सेयर र ५.५३५ नगद गरी कुल १०.५३५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छन् । सभा प्रयोजनका लागि बैंकले पुस १० देखि आजसम्म (पुस २७ गते) सम्म बुक क्लोज गरेको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
यता, हिमालयन बैंकको साधारण सभा पनि आज सोमबार (पुस २७ गते)बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ । सभामा बैंकले २०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत आर्थिक वर्षको नाफाबाट १४५ बोनस सेयर र ६५ नगद गरी कुल २०५ लाभांश वितरण गर्न लागेको हो ।
बैंकको अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब पुर्याउने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज, एक्विजीसन हुन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चाला समितिलाई दिने एजेन्डा पनि छ । बैंकको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्