राष्ट्रबैंकले माग्यो लघुवित्तसंग पुनरकर्जाको लागि आवेदन

nepal-rastra-bank
  • 20
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले घ बर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनरकर्जाको लागि आवेदन माग गरेको छ। केन्द्रिय बेंकले सोमबार एक सूचना जारी गर्दै लघुवित्तहरुसँग पुनरकर्जाको लागि आवेदन माग गरेकामे हो। पुनरकर्जाको लागि लघुवित्त कम्पनीहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्ने केन्द्रिय बैंकले जनाएको छ। लघुवित्त कम्पनीहरुले आफनो पस्ँजीकोषको ६५ प्रतिशतसम्मको रकमको लागि पुनरकर्जा आवेदन दिन सक्नेछन्।

केन्द्रिय बैंकले भने अनुसारको चुक्ता पूँजी, पूँजीकोष अनुपात कायम गरेका लघुवित्तहरुमा मात्र पुनरकर्जामा आवेदन दिन पाउनेछन्।

मौद्रिक नीतिमा व्यवस्था भए अनुसार राष्ट्र बैंकमा रहेको ४२ अर्ब ४८ करोड रूपैयाँको कोषको ५ गुणासम्म पुनरकर्जा वितरण गर्ने छ। त्यो भनेको २ खर्ब १२ अर्ब हुन्छ। त्यो मध्ये १ खर्ब ४८ करोड बैंकहरुलाई एकमुठ रुपमा दिइने, ४२ अर्ब केन्द्रिय बैंकबाट स्वीकृत गरेर ग्राहकहरुलाई दिने र बाँकी साँढे २१ अर्ब लघुवित्त वित्तीय संस्थाबाट वितरण गरिने केन्द्रिय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्