सिद्धार्थ बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने पुस २७ गते सोमबार (आज) अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण प्रयोजनको लागि पुस २८ गतेदेखि बुकक्लोज गर्ने भएकोले आज सम्म कायम शेयरधनीहरुले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।
बैंकले माघ १६ गते बिहान ११ बजे आम्रपाली बैंक्वेटमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
कोरोना महामारीको कारण सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्नेगरी शेयरधनीहरुलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ।