निर्वाचन आयोगमा पुगे प्रचण्ड र माधव नेपाल

Prachanda_Nepal
  • 326
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। आयोगले पुष २३ गते पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन प्रचण्ड-नेपाल निर्वाचन आयोग गएका हुन्।

पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेल लगायत केही स्थायी कमिटी ससस्यहरु पनि पुगेका छन्। संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो। सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ। नेकपाको आइतबार बसेको सचिवालय बैठकले पनि निर्वाचनको गतिविधि रोक्नुपर्ने निष्कर्ष निकालेको थियो।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेर नयाँ निर्वाचन मिति घोषणा गरेकी थिइन्। सोसँगै सत्तारुढ नेकपाभित्र तीव्र विवाद गहिरिएको छ। अहिले प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षले आआफ्ना गतिविधि अघि बढाइरहेका छन्। प्रचण्ड-नेपाल पक्षका मन्त्रीले संसद् विघटनसँगै राजीनामा दिएका थिए।

आयोगमा चुनाव चिह्न र पार्टीको नाममा दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। नेपाल पक्षले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आधिकारिकता दिनुपर्ने माग राखेका छन्। निर्वाचन आयोगले त्यसको निरुपण प्रक्रिया थाले पनि टुंगिसकेको छैन। यस्तो अवस्थामा निर्वाचनको प्रक्रिया थाल्नु नहुने प्रचण्ड-नेपाल पक्षको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्