भरतपुर कारागारको पुस्ताकालयलाई पुस्तक प्राप्त

pi 2
  • 35
    Shares
लोकपाटी न्यूज

चितवन। भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ। टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो।

आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन्। ८०८ थान विभिन्न विधाका पुस्तकहरु कारागारलाई प्रदान गरिएको हो।

नेपोले पुस्तक परियोजना अभियान सञ्चालन गरेर देशभर कारागारमा पुस्ताकालय निर्माण, पुनःनिर्माण तथा पुस्तक सहयोग गर्ने काम गर्दै आइरहेको अध्यक्ष पौडेलले जनाए। कारागारलाई सजाय केन्द्रमात्र नबनाइ सुधारगृह समेत बनाउने उद्देश्यले यो अभियान चलाइएको उनले बताए। चितवन कारागारका लागि पुस्तक संकलन गर्न लियो क्लव र रोटरी क्लवले सहयोग गरेको पौडेलले बताए।

pic

कारागारका प्रमुख काफ्लेले कारागारमा पुस्तक सहयोग गरेकोप्रति आभार प्रकट गर्दै पुस्तक पढ्न खोज्ने कैदीबन्दीहरु कारागारमा थुप्रै रहेको बताए। कारागारमा पुस्तक पढ्नेदेखि लिएर हस्तकलाको काम गर्नेसम्मका कैदीबन्दी छन्। यसअघि रहेको पुस्ताकालयमा ३०० जति पुस्तक रहेको उनले बताए। कारागारमा २ आश्रित बालिका र ५५ महिलासहित ६९१ कैदीबन्दी रहेका छन्।

लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलल, चिकित्सक सङ्घका पूर्व केन्द्रीय सदस्य प्रा डा कृष्णप्रसाद पौडेल, रोटरी क्लवका रोशन पियालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्