लक्ष्मीसहित दश बैंकको साधारणसभा मंगलबार

  • 93
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । लक्ष्मी बैंकसहित १० ओटा कम्पनीले मंगलवार पुस २८ गते साधारण सभा हुँदैछ । लक्ष्मी बैंक, बुटवल पावर कम्पनी, मेरो माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, साना किसान लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, वोमी लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर, आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, एनएमबि क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् ।

बुटवल पावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १५ प्रतित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, लक्ष्मी बैंकले बैंकको प्रधान कार्यालय हात्तीसारमा बिहान ११: ३० बजे साधारण सभा बोलाएको छ । सभाले ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मेरो माइक्रोफाइनान्सले होटल वाटर टावर बिदुर ३ नुवाकोटमा बिहान ११ बजे साधारण सभा आयोजना गरेको हो ।

सभाले १६ दशमलव ९३९९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गहुेश्वरी मर्चेण्टले गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, साना किसान लघुवित्तले केन्द्रिय कार्यालय काठमाडौंमा साधारण सभा बोलाएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल एसबिआई बैंकले त्रिभुवन आर्मी अफिसर्स क्वलमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र ३ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, वोमी लघुवित्त वित्तीय संस्थाले बनेपा नगरपालिका १३ साँगा लहरिखर्क पार्टीप्यालेसमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । ङादी ग्रुप पावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय हनुमानस्थान अनामनगरमा बिहान १० बजे सभा आयोजना गरेको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, आरविवि मर्चेण्टले केन्द्रिय कार्यालयमा र एनएमबि क्यापिटलले कम्पनीको सभाकक्ष नागपोखरीमा दिउँसो ३ बजे साधारण सभा बोलाएका छन् । आरविवि मर्चेण्ट ५ प्रतिशत नगद लाभांश र एनएमबि क्यापिटलले २१ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्