कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

Dala-Rawal_1610356104
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रावललाई कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव नन्दबहादुर रोकायाले बताएका छन्।

चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि काठमाडौं र्पुयाइएको छ। पछिल्लो हप्ता मन्त्री रावलको सम्पर्कमा रहेका व्यक्तिहरूले कोरोना परीक्षण गराउन र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न उनको सचिवालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्