कोरोना खोप खरिद गर्न पहल अघि बढाएका छौंः स्वास्थ्यमन्त्री

Hirdesh tripathi
  • 67
    Shares
लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोराना भाइरसविरूध्दको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन्। मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेको बताए।

‘खोप ल्याउने सम्बन्धमा नीतिगत काम भइसकेका छन्,’ उनले भने, ‘खोपको प्राप्ती अन्य व्यवसायिक बस्तुजस्तो रहेनछ। यो राजनीतिक बस्तुको रुपमा देखा पर्‍यो। स्वास्थ्य सामग्री पनि राजनीतिक सामग्री हुन पुग्यो। केही निश्चित देशमा यसको विकास भएको छ। हामीले जहाँ विकास भएको त्यो सरकारसँग निकटतम सम्बन्ध राखेर अघि बढाइरहेका छौ।’

छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने भन्दै उनले रूस, भारत र युएईका राजदूतहरूसँग कुरा गरेको बताए। सरकार गम्भीर भएर लागिरहेको बताउँदै छिमेकी देशभन्दा नेपालमा खोप ल्याउन धेरै ढिलो नहुने उनले बताए। खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने उनले प्रतिवद्धता जनाए। ‘खरिद प्रक्रिया पूर्णत पारदर्शी हुनेछ,’ उनले भने, ‘वितरण न्यायपूर्ण हुनेछ। विकृतिको आशंका झुटो सावित गर्छौ।’

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए। भ्याक्सिनका लागि १६ हजार खोपकेन्द्र परिचालन गरिने र ५ हजार कर्मचारीको व्यवस्था समेत उनले जानकारी दिए। भ्याक्सिन ल्याउन कानूनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्