सीमा नाका चाँडै खोल्छौंः ईश्वर पोखरेल

Ishwor_Pokhrel
  • 32
    Shares
लोकपाटी न्यूज

बारा। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सीमा नाका चाँडै खुल्ने बताएका छन्। बारामा सोमबार आयोजित कार्यक्रममा सीमा नाका खुल्ने विश्वास दिलाएका हुन्।

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उनले भने, ‘सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु।’

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए। सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे। ‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने।

बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए। सम्बोधनको क्रममा मन्त्री पोखरेलले नेकपा अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसकिने बताए।