‘बा’ले थाम्न नसकेको जिम्मेवारी

Devendra Koirala
  • 349
    Shares
लोकपाटी न्यूज

– देवेन्द्र कोइराला

अहिले दुव्ला मान्छेहरुको जमाना छ। मोटाउनु बिभिन्न रोगको कारक हो भन्ने बुझाई आम शहरी जनमानसमा छ। पहिला पहिला गाउंघरतिर दुव्लो मान्छे देख्यो भने “कठैबरा” भन्थे। दुव्लोलाई मेलापातमा पनि हत्तपत्त डाक्ने चलन थिएन। गोठालो जांदा पनि दुब्लाले सबैको बस्तुभाउ हेरिदिनु पथ्र्यो र कसैको बास्तुभाउले अर्काको बाली खाइदियो भने पिटाई खानेमा उहि दुब्लो हुन्थ्यो। मोटाहरु चौतारामा तास खेलेर बस्थे। मोटा मान्छेको भाउ अर्कै हुन्थ्यो। छोरी दिंदापनि कतै नपाएपछिको दुव्लो ज्वाई छोडेको दाउमा पथ्र्यो। दुब्लोलाई मास्टरहरु पनि ख्याउटे भन्दै हेप्थे र दुव्लो मास्टरलाई सिंगाने विद्यार्थीले पनि गन्दैनथे। घरमा पनि दुव्लो छोरोलाई त्यति महत्व दिइदैनथ्यो, किनकी उ पानीआन्द्रेमा गनिन्थ्यो। दुब्लालाई गोरुले हेप्थ्यो र हान्न आउंथ्यो। बाटोघाटोमा चरिरहेको भैंसीपनि मोटोलाई देख्नासाथ दच्किएर भाग्थ्यो भने दुब्लालाई देखेपछि नाक सुसाउंदै लखेट्न थाल्थ्यो। मोटाघाटा छोराछोरीले ठूलो भारी बोक्थे र स्वभाविक रुपमा उसको खान्की पनि द¥है हुन्थ्यो अनी काम गर्ने छोरोलाई सबैले मायां गर्नु स्वभाविक थियो। दुव्ली र ख्याउटी छोरी बिकाउन गा¥हो हुन्थ्यो र भारी बोकेर घरबार चलाउने उ जमानामा मोटी बुहारी घरकी इज्यत हुन्थी। गाउंघरमा झगडा पर्दा पिटिने पहिलो त्यहि दुव्लो हुन्थ्यो। आफूलाई कमजोर ठान्नेहरु पनि आफ्नो बलको परिक्षण त्यहि दुब्लोमाथि नै गर्दथे। दुब्लो मान्छे देख्नासाथ “खाने बेलामा बाहिर निकाल्या जस्तो“ भनेर खिस्याउंथे। यसरी दुब्लाहरु जताततै हिनताको जीवन बिताउन बाध्य हुन्थे।

तर आजभोली दुव्लाको जमाना छ र अंग्रेजी भाषामा यसलाई “स्लीम” भन्छन् क्यारे। कलेज पढ्ने केटाकेटी मोटाइने डरले डाइटिङ्ग गर्ने प्रचलन बढेको छ। घरमा जे मन लाग्यो त्यहि खानेकुरा छ, तर मोटाईन्छ भनेर खादैनन्। भोकै लागेपनि २ चक्की बिस्कुट र बोसो काढ्न भन्दै कागति पानी खान्छन्। आफूले चिनेको कोही सिन्काजस्ता खुट्टी भएकी देख्ने बित्तिकै जिब्रो निकालेर ’वाउ, हाउ स्लीम……!’ भन्ने चलन छ। पहिला कसरी मोटाउने भनेर बाबाआमाले अर्ती दिन्थे, छोराछोरी दुब्लाए भने दुधमा घिउ घोटेर ख्वाउने चलन थियो, अहिले कसरी दुव्लाउने भनेर डाक्टरहरु सल्लाहा दिन्छन्। पत्रिकाका बिज्ञापनमा कसरी मोटाउने हैन, दुव्लो बनाउने व्यबसाय निकै फापेको छ। दुव्लाउनुलाई प्रतिष्ठाको रुपमा लिन थालिएको छ। यो हामीजस्ताको लागि एक हिसावले खुसीकै विषय भयो।

प्रसङ्ग नेपालको राजनीतिको। नेपालको राजनीतिमा चुनाब जित्नेको बोली खासै बिक्दैन, बरु चुनाबमा जमानत जोगाउन नसकेकाहरु चुनाबको नतिजा आएको भोलीपल्टदेखि नै ३ करोड नेपालीको बोली बोल्न थाल्छन्। हामीलाई थाहा छ, ०६४ सालमा माओवादीको झण्डै २ तिहाई सिट आयो। चुनाबै जितेर के गर्नु, उसले एउटा पशुपतिनाथमा बिदेशी पूजारी हटाएर नेपाली पूजारी राख्ने निर्णय समेत लागू गर्न सकेन। एउटा बन्दुके कर्मचारीलाई हटाउन खोज्दा उसको सत्ता नै ढल्यो। जब माओवादीले एउटा निर्णय गथ्र्यो, चुनाबमा हारेकाहरु लाइन लागेर त्यसको प्रतिकारमा उत्रन्थे र सरकार त्यसमा पछाडि फर्कन बाध्य हुन्थ्यो।

जसरी मोटा मान्छेका दुःख छन्, जस्तो कि, मोटो मान्छे बेहोस भएर ढल्यो भने उठाउन गा¥हो हुन्छ, २-३ जना चाहिन्छ। मोटो मान्छेभित्र अनेक रोगका बास हुन्छन् भनेर डाक्टरहरु बताउंछन्। त्यसरी नै त्यतिखेरको मोटो माओवादीको दुःखको कारण संबिधान नै नबनी संबिधानसभा समेत बिघटन भयो। उ मोटो भएकै कारण संबिधान आउन सकेन वा भनौं आफ्नो जीउले धान्न नसकेर संबिधानसभा ढल्यो। ६४ सालपछि भारतीय राजदूत राकेस सुदले माओवादीलाई साइजमा ल्याउनुपर्ने कुरा बारम्बार व्यक्त गर्थे र नभन्दै उनले भने बमोजिमकै आकारमा साइजमा पनि आयो। पछि भएको चुनाबमा जब उ दुब्लाएर आयो, तब मात्रै उसकै पहलकदमीमा सबैलाई संबिधानपछिका प्रधानमन्त्री, राष्ट्रपति आदि पदहरुको भागबण्डाको ग्योरण्टी दिएपछि संबिधान जारी भयो। यसरी मोटो हुंदा गर्न नसकेको र मोटाहरुले जारी गर्न नसकेको संबिधान माओवादीकै पहलमा बन्यो। त्यहि भागबण्डामा ओली कतैबाट टुप्लुक्ल आएर प्रधानमन्त्री बने भने, सुशिल कोइरालालाई उनकै पार्टीले तिकडम गरेर राष्ट्रपति हुनबाट बञ्चित गरायो।

गएको चुनाबबाट संसदमा नेकपाको लगभग २ तिहाई सिट बन्यो। नेकपाले २ तिहाई ल्याइसकेपछि कांग्रेस लगायतका अरु दललाई सरकारमा जाने झन्झट भएन र उनीहरु यो ३ वर्ष मिठो निन्द्रामा सुते। नेकपाको सरकारले गरेका नराम्रा कामहरुको बिरोध गर्ने वा जनताको आवाज उठाउने टन्टा उसले उठाउन चाहेन, त्यसको जिम्मा उसले प्रचण्ड–माधवहरुको थाप्लोमा हालिदियो। ओली सरकारले बजाएका नरसिंगा, ढलकी, दमाहाले पनि उसको निन्द्रा टुटेन। बेलाबखत गगन थापाको टिभीमा देखिने टक शो र विश्वप्रकाश शर्माको ट्वीटरमा बाहेक कांग्रेस कतै देखिएन। ०४७ सालदेखि उठेर थाकेको कांग्रेस बिगत ३ वर्ष कुम्भकर्ण पाराले मस्तीले सुत्यो। सायद उठ्नको लागि उसका सामु कुनै चौरासी व्यञ्जन थिएनन्। जब रामचन्द्र पौडेलले १० पाइले पुलको उदघाटन गर्ने रहरमा पुलिसको लठ्ठीले उनको करङ्ग छोयो, तब कांग्रेस जुरुक्कै उठ्यो र निन्द्रामै आन्दोलनको त्यान्द्रो लतार्दै मैदानमा आइपुगेको छ।

दुब्लोको भविश्य पनि सधैं उस्तै भइरहन्छ भन्ने छैन। दुब्लाउने रहरमा सधैं डाइटिङ्ग गर्न थालियो भने कमजोर भए ढलिन्छ र ढलेपछि उठ्न सकिएला नसकिएला, त्यो भविष्यको कुरा भयो। जस्तो कि मधेसवादी दलहरु ढलेर पनि उठे भने बिगतमा बुढा वा बुढीमध्ये एकजनालाई मन्त्री रिजर्भ राख्नुपर्ने सि.पि. मैनालीको पार्टी ढल्यो। चुनाब अघि ३ करोड जनताको प्रतिनिधित्व गर्ने नयां शक्ति, विवेकशील, साझा जस्ता पार्टीहरु लो प्रेसरलेको शिकार भए। दुब्लोले मेन्टेन गर्न सकेन भने उ सिद्धिन्छ भन्ने उदाहरण उनीहरुबाट लिन सकिन्छ।

यसै बीचमा नेपालको सबैभन्दा ठूलो सत्ताधारी नेकपा पनि फुटेको छ। आधा आधा कार्यकाल बांडेर प्रधानमन्त्री चलाउने सम्झौताबाट प्रचण्ड ब्याक भएर पांचै वर्ष पूरा कार्यकाल सुम्पदा पनि ओलीलाई चित्त बुझेन र आफ्नै पार्टीको २ तिहाइको सदन भष्मासुरे शैलीमा विघटन गरिदिए। बिघटन पनि यस्तो कि संबिधानको जुन धारामा सरकार बनाउने कुरा छ, त्यहि धारा लगाएर संसद बिघटन गरिदिए।

यो मामिलामा हाम्री राष्ट्रपति निकै सहयोगी देखिनुभयो। ओलीले ल्याएको कागज आंखा चिम्लेर हस्ताक्षर गर्ने उहांको बिगतकै आदत भएको हुंदा त्यसमाथि धेरै महत्व दिएर टिप्पणी गर्न आवश्यक त छैन, तर नेपालमा राष्ट्र प्रमुख रहने व्यबस्था पनि संबिधानमा छ भन्ने कुरालाई बिर्साइदिएको छ। बिगतदेखि अहिलेसम्म सानो कोठरी चलाएर बस्ने ओलीलाई यति भीमकाय पार्टी सा¥है गरुङ्गो भएर यसलाई अवसान गराइदिएको पनि हुनसक्छ। यसैपनि केपी ओली धेरै गम्भीर प्रकृतिको रोगको शिकार छन् र आप्mनो स्वास्थ्यप्रति निकै सजग छन्। यसकारण पनि धेरै मोटाउनु स्वास्थ्यको लागि हानिकारक छ भनेर उनले संसद भङ्ग गरेर पार्टी समेत दुब्लो बनाएका हुन सक्छन्। किनकी दुब्लो मानसिकता र क्षमता भएका मान्छेहरुलाई मोटो जीउ भारी लाग्छ। मान्छेको वजन, शक्ति र साइजले नधान्ने ज्यान घटाउनु नै उपयुक्त हुन्छ भन्ने उदाहरण उनले दिएका छन्।

नेकपाको फुटले दिने परिणामको बास्तविक धरातल पत्ता लगाउन अझै केहि दिन लाग्नेछ। केपी ओलीले जुनसुकै धारा खोलेपनि चाहे अनुसारको जुस सर्बोच्चले चलाइदिने आत्माविश्वास उनमा देखिन्छ। सायद सांधमै बसेका संधियारे र अन्य छिमेकीबीच मुख मिलेर र पूर्व सल्लाह गरेर त्यहि आश्वासन वा योजना अनुसार यो भएको पनि हुन सक्छ। तर प्रधानमन्त्रीले जुन धारा चलायो, त्यहि धाराबाट प्रधानमन्त्रीले चाहे अनुसारको जुस न्यायालयले उपलव्ध गराउने हो भने अहिलेको नेपालको संबिधान निलम्बन भएको मान्नुपर्ने हुन्छ। त्यसो भएमा हजारौं जनताले बलिदानी दिएर ल्याएको गणतन्त्र लगायतका उपलव्धीहरु एकै सटमा गुम्ने परिस्थिति उत्पन्न हुनेछ।

जहांसम्म संविधानमा के छ भन्ने कुरा ओलीलाई पनि थाहा नभएको होइन। त्यसमाथि यहि संबिधान जारी गर्दा संविधानसभाका अध्यक्ष रहेका सुवास नेम्बाङ समेत साथै रहेका ओलीलाई उनले यसबारे पक्कै गराएका होलान्। तर पनि मुर्खदेखि दैव डराउंछ भने झैं आफूलाई राणाकालको चन्द्रशमशेरभन्दा कम नआंक्ने ओलीका अगाडि यी हजुरीयाहरु चुपचाप लाग्नुको बिकल्प छैन। संबिधानको धारामा संसद बिघटनको कुनै जिनिस छैन भन्ने कुरा सामान्य चेत भएको मान्छेलाई पनि थाहा छ।

तर पनि सर्बोच्च अदालतले यहि धारोको परिक्षण गर्न थालेको छ। जब अदालतले परीक्षण गर्न थाल्छ, तब धाराहरुमा के के झर्न थाल्छ, त्यो कसैलाई थाहा हुन्न। अब ओलीको व्यक्तिगत लहड र सनकमा उनका पछि लाग्नेहरुले आफ्नो नैतिकता, राजनीति सबै दाउमा लगाएका छन् र उनीहरुको भविश्य सुरक्षित गरिदिनको लागि संविधानका धारा भांचिदिने काम पनि नहोला भन्न सकिन्न। यस्तो अबस्थामा नेपालमा गणतन्त्र र स्थायित्वका पक्षमा रहेका बांकी शक्तिहरु एकजुट हुन आवश्यक छ। आफ्नो अहमले भ्यागुताको भुंडी झैं फुलेको ओली र उनको समूहको ताण्डब केहि समयसम्म प्रखर रुपमा देखिनेछ र प्वाट्ट फुट्नेछ।। जिल्लाजिल्लामा अर्को पक्षका पिटिने, थुनिने, मुद्दा लाग्ने, धम्की दिने, किनिने आदि सामान्य हुनेछन्। यद्यपी, अब उनीहरुको स्वार्थ रक्षाको लागि संविधानको धारा फुटालेर संसदै बिघटन भएपनि अब सुकेनासले सकिने निश्चित नै छ, तर गणतन्त्र र परिवर्तनप्रति शत्रुता राख्ने यस्ता हठीहरुलाई देशको सांचो सुम्पेर देश र पार्टीलाई धरापमा पार्ने प्रचण्ड–नेपालहरुको पाखुरा पनि सुक्ने देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • लेख निकै चटपटे र बेजोड छ । सामाजिक परिवेसलाइ ढालेर राजनीतिमा सुताउन सक्ने खुबी तपाइसंग छ । धेरै समयपछि तपाइको पढ्न पाइयो । अझै पढ्न पाइयोस् ।