केपी ओली गुट चलाउन सक्षम, देश चलाउन असक्षमः उपेन्द्र यादव

Upendra Yadav
  • 2.4K
    Shares
लोकपाटी न्यूज

पर्सा। जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्य भएपछि मात्र लोकतन्त्रको रक्षा हुने बताएका छन्। वीरगंजमा आयोजित एक कार्यक्रममा यादवले ओलीतन्त्रको कारण लोकतन्त्र खतरामा रहेकोले बुद्धिजीवी, समाजसेवी, लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलगायत जनताहरू एकजुट भई अगाडि बढ्न आह्वान गरे।

‘बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका थियौं, तर सरकारले रासायनिक मलको समेत व्यवस्था गर्न सकेन। उखु किसान चिसोमा काठमाडौंमा प्रदर्शन गर्न बाध्य भए,’ उनले भने, ‘ओलीले पार्टी तोड्न, संवैधानिक आयोग कब्जा गर्न अध्यादेशबाट देश चलाउन खोजे, ओली सरकार रहेसम्म लोकतन्त्रमा खतरा रहन्छ।’

यादवले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको अर्को कदम प्रदेश सभा विघटन भन्ने रहेको बताए। ओलीको ध्यान देशमा संकटकाल लगाई संबिधान बर्खास्त गरी देशलाई पछि धकेल्ने भन्ने रहेको उनले आरोप लगाए। जनआन्दोलन, मधेस आन्दोलन तथा सशस्त्र बिद्रोह जस्ता आन्दोलनको भरमा आएको संघीयता गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार जस्ता मूल्य मान्यतालाई समाप्त गर्न प्रतिनिधि सभाको बिघटन गरिएको यादवले बताए।

‘ओलीको अर्को कदम प्रदेश सभा विघटन गरेर देशमा इमरजेन्सी लगाई संविधान खारेज गर्नु रहेको छ’, उनले भने, ‘जन आन्दोलन मधेस आन्दोलन तथा सशस्त्र बिद्रोह जस्ता आन्दोलनको भरमा आएको संघीयता गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार जस्ता मूल्य मान्यतालाई समाप्त गर्ने षडयन्त्र स्वरुप संसद बिघटन गरिएको हो।’

केपी ओली आफ्नो पार्टीलाई व्‍यवस्थित गर्नमा तथा सरकार चलाउनमा पनि असक्षम रहेको यादवको भनाइ थियो। ओलीले आफनै पार्टीका दुई तीन जना नेताको झगडामा परेर प्रतिनिधिसभा विघटन गरिदिएको बताए। ‘आफ्नै पार्टीका दुईतीन जना नेताको झगडामा परेर प्रधानमन्त्ती ओलीले प्रतिनिधिसभा बिघटन गरे,’ उनले भने, ‘उनी आफ्नो पार्टीलाई ब्यवस्थित गर्न असक्षम छन्, सरकार चलाउन पनि असक्षम छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्