अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता

DonaldTrump
  • 140
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने तयारी भएको छ। उनलाई हटाउने विषयमा तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ। डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएको छ।

अमेरिकी संसदमा राखेको प्रस्तावमा राष्ट्रपति ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई डेमोक्र्याटहरूले आग्रह गरेका छन्। उक्त प्रस्तावमाथि तल्लो सदनमा आजदेखि मतदान हुँदैछ।

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्। ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधबार संसदमा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्