पूर्वी नवलपरासी। कावासोतीको जंगलमा सोमबार गैंडाको बच्चा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कावासोती नगरपालिकाको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा अन्दाजी तीन महिनाको पोथी बच्चा (केटी) मृत भेटिएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार शनिबार मरेको अनुमान गरिएको गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ।
योसहित एक वर्षमा निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा २० वटा गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ। पछिल्लो समय कालगति र जुधेर गैंडा मर्ने क्रम बढेको छ।