चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Chandragiri cabel car
  • 125
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा १५ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागेको हो ।

यस कम्पनीको आईपीओमा विक्री खुला भएको चौथो दिन सोमवार सम्म १० लाख ८५ हजार ६९ जनाले रू. २ अर्ब १४ करोड १३ लाख १५ हजार बराबरको २ करोड १४ लाख १३ हजार १५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्यिरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा १५ दशमलव ३३ गुणाले बढी हुन आउँछ ।

कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ।

आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले विक्री प्रबन्धकसँगै सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर र मेरोशेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्