काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ काठमाडौंको विमानस्थलमा रोकिएका छन्।
नेकपा गण्डकी प्रदेशले आयोजना गर्न लागेको प्रदेशस्तरीय प्रशिक्षणका लागि पोखरा जान लागेका नेताहरु मौसमका कारण काठमाडौंको विमानस्थलमा रोकिएका हुन्।
मौसमका कारण फ्लाइट डिले भएकाले एर्पोटमा नै रोकिएको प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। गण्डकी प्रदेशमा ११ बजेका लागि कार्यक्रम तय भएको थियो। तर मौसमका कारण नेताहरु विमानस्थलमा नै रोकिएका छन्।
नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संसद विघटनपछि प्रचण्ड-माधव पहिलो पटक उपत्यका बाहिरको कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनरत नेकपाले विभिन्न प्रदेशमा भेला, सडकमा जुलुस लगायतका कार्यक्रम गरिरहेको छ।